काठमाडौँ। चीनले उपलब्ध गराएको कोरानाभाइरस विरुद्धको भेरोसेल खोपको दोस्रो मात्र असार २२ गतेदेखि लगाइने भएको छ ।
देशभर जेठ २५ गतेदेखि २९ गतेसम्म ६० देखि ६४ वर्ष उमेर समूहका नागारिकलाई पहिलो मात्रा खोप लगाएको थियो ।
पहिलो मात्रा लगाएका तीन लाख ७० हजार नागरिकलाई असार २२ गतेबाट दोस्रो मात्रा खोप लगाइने तय भएको स्वास्थ्य सेवा विभागको खोप शाखाले जनाएको छ ।
खोप लगाउनका लागि यसअघि पहिलो मात्रा लगाएको कार्ड अनिवार्य देखाउनुपर्ने बताइएको छ । साथै अघिल्ला खोप अभियानमा भेरोसेल खोपको दोस्रो डोज लगाउन छुटेकाले नागरिकले समेत सो अवधिमा दोस्रो डोज लगाउन पाउने छन् ।