• बैशाख २१ २०८३, सोमबार

संविधानको धारा-धारा प्रयोग गरेर ओलीलाई दोहोर्‍याउने काम भयो : अधिवक्‍ता पोखरेल

असार ११ २०७८, शुक्रबार

काठमाडौँ। प्रतिनिधिसभा विघटन विरुद्ध परेको रिटमाथि संवैधानिक इजलासमा आज तेस्रो दिनको सुनुवाइ जारी छ ।

शुक्रबार संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनविरुद्धको रिट निवेदनमाथि निवेदकका तर्फबाट बहस गर्दै वरिष्‍ठ अधिवक्‍ता दीनमणि पोखरेलले विश्वासको मत गुमाइसकेको व्‍यक्‍ति फेरि प्रधानमन्‍त्री बन्‍न नपाउने बताएका छन् ।

‘प्रधानमन्त्री पद गुमाइसकेको अवस्था हो,’ उनले भने, ‘धारा धाराको मेकानिजम प्रयोग गरेर केपी ओलीलाई दोहोर्‍याउने काम भयो । मार्गप्रशस्त गरेको अवस्था छ । विश्वासको मत गुमाइसकेको प्रधानमन्त्रीले पाउदैन । राष्ट्रपति कार्यालय विश्वासको मत प्राप्त गर्ने अवस्था भएमा भन्ने र आधार प्रस्तुत भएमा के फरक छ ? यो अनावश्यक रूपमा संसद् विघटन गर्न नसक्ने भएकाले ७६(५) को व्यवस्था गरिएको हो ।’

उनले बहुमत सदस्यको हस्ताक्षर लिएर गएको अवस्थामा राष्ट्रपतिले देउवालाई नै प्रधानमन्त्रीमा नियुक्त गर्नुपर्ने तर्क गरे ।