• मंसिर १५ २०८१, शनिबार

त्रुटि कमजोरी सुधार गर्न सकिन्छ, ओली गल्ती स्वीकारेर आए स्वागत छ : माधव नेपाल

असार १० २०७८, बिहीबार

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले ओलीले गल्ती स्वीकारेर आएर उनलाई स्वागत गर्न सकिने बताएका छन् ।

बिहीबार सम्पादकहरूसँगको छलफलमा नेता नेपालले सुशासनको प्रत्याभुति, संविधानको रक्षा र सहि काम गरेर जनताको जीवनलाई समृद्ध बनाउनुपर्ने बेलामा संसदलाई विघटन गरेर चुनाव नै हुननसक्ने चुनावको घोषणा गर्नु ओलीको अहंकार मात्रै हो भनेर बताए । यो कोर्स करेक्सन गरौं । त्रुटि कमजोरी हुन्छन् सुधार गर्न सकिन्छ’, नेता नेपालको भनाइ छ ।

नेपालले अहिले कुर्सीका लागि नभई देशको संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र जोगाउनुपर्ने बेला भएकाले सवैको हातेमालो आवश्यक रहेको बताएका हुन् ।

‘देश जोगाउने अभिभारा तपाइँहरुको हो, हाम्रो हो, हामी सवैको हो’नेता नेपालको भनाइ छ ।
उनले देशको स्वाधिनता, स्वाभिमान र राष्ट्रहितको रक्षाका लागि संघर्ष गरिरहेको भन्दै ओलीको अहंकारले संसद विघटन गरेपनि कोर्स करेक्सन गर्न सकिने बताए ।