• मंसिर १५ २०८१, शनिबार

विष्णु पौडेल अब गृहमन्त्रीसहित तीन मन्त्रालय सम्हाल्दै

असार १० २०७८, बिहीबार

काठमाडौं  । अर्थमन्त्री विष्णु पौडेल गृहमन्त्रीसहित उद्योग, वाणिज्य तथा आपूर्ति, ऊर्जा, जलस्रोत तथा सिञ्चाइ मन्त्री समेत भएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुको जिम्मेवारी हेरफेर गर्दै अर्थमन्त्री विष्णु पौडेललाई अर्थमन्त्रीसहित अन्य चार मन्त्रालयको जिम्मेवारी दिएका हुन् ।

सर्वोच्च अदालतले २० मन्त्रीहरुलाई जिम्मेवारीबाट मुक्त गरेपछि ओली क्याविनेटमा चार जना मात्रै मन्त्री बाँकी थिए ।