• मंसिर १२ २०८१, बुधबार

कोरोना संक्रमित शिशुलाई दादुरा, पोलियो, बीसीजी खोप लगाउन मिल्छ कि मिल्दैन ?

असार १० २०७८, बिहीबार

काठमाडौं । शिशुहरुलाई कोरोनाभाइरसको संक्रमण भएपनि नियमित रुपमा दिइने खोपहरु दिइरहन अनुरोध गरिएको छ ।

राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा संचार केन्द्रका अनुसार शिशु संक्रमित भएपनि र संक्रमंमुक्त भइसकेपछि पनि स्वास्थ्यकर्मीको सल्लाह अनुसार पूर्ण खोप दिइनुपर्ने दिनुपर्ने हुन्छ।

केन्द्रले कोरोना संक्रमण भइसकेका शिशुलाई बीसीजी, डीपीटी, हेपबी, हिब, पोलियो, पीसीभी, रोटा, जेई, दादुरा,रुबेलाजस्ता नियमित खोपहरु दिन आग्रह गरेको हो ।

शिशुमा यी खोपहरुको कुनै नकारात्मक असर हुँदैन । नियमित रूपमा दिइने खोपहरुले उनीहरूलाई गम्भीर संक्रामक रोगहरुबाट बचाउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको केन्द्रले जनाएको छ ।

कोभिड-१९ को महामारी र निषेधाज्ञाको समयमा पनि बालबालिकाका लागि नियमित खोप सञ्चालन छ । तालिकाअनुसार सबै खोपको सबै मात्रा नछुटाई पूरा गर्न मन्त्रालयले आग्रह गरेको छ ।