• बैशाख २१ २०८३, सोमबार

इटाभट्टाले बनाएको खाल्डोमा डुबेर दाजुभाइको मृत्यु

असार ९ २०७८, बुधबार

सर्लाही । सर्लाहीमा इटाभट्टाले बनाएको खाल्डोमा डुबेर एकै घरका दुई बालकको मृत्यु भएको छ ।

सदरमुकाम मलंगवा नगरपालिका – ११ गम्हरियामा स्थानीय सद्दाम अन्सारीका छोराहरु ८ वर्षीय रेआज अन्सारी र ६ वर्षीय नेआज अन्सारीको मृत्यु भएको हो । इटाभट्टा सञ्चालकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएको छ ।

प्रहरीका अनुसार बाख्रा चराउन गएका ती दाजुभाइ पल्सी भन्ने ठाउँमा खाडलमा जमेको पानीमा पौडी खेल्न पसेका थिए । आज (बुधबार) मध्याह्न दाजुभाइ डुबेपछि उनीहरुसँगै बाख्रा चराउन गएका अर्का बालकले गाउँलेलाई खबर गरेका थिए ।

तत्काल इटाभट्टाका मजदुर र गाउँले मिलेर उनीहरूलाई निकाली उपचारका लागि मलंगवा अस्पतालमा पुर्‍याएका थिए । अस्पतालमा पुर्‍याउँदा उनीहरुको मृत्यु भइसकेको प्रहरीले जनाएको छ ।