• बैशाख २१ २०८३, सोमबार

पछिल्लो २४ घण्टामा थप २४२१ जनामा कोरोना सङ्क्रमण

असार ९ २०७८, बुधबार

काठमाडौं ।देशभर थप २ हजार ४२१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ७ हजार ४६१ आरटी पीसीआर विधिबाट परीक्षण गर्दा १५ सय ११ जना र ४ हजार ९५३ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ९ सय १० जनामा कोरोना संक्रमण पुष्टि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा ३ हजार ५५८ जना कोरोना संक्रमणमुक्त भएका छन् । साथै, पछिल्लो २४ घण्टामा ८१ जना संक्रमितको मृत्यु भएको तथ्याङ्क प्राप्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।