काठमाडौँ। पूर्वमन्त्री शेरबहादुर तामाङले आफ्ना १९ दिने उपलब्धि सार्वजनिक गरेका छन् । सर्वोच्च अदालतको मंगलबारको अन्तरिम आदेशले पदमुक्त गरेपछि उनले १९ दिनमा कोरोना नियन्त्रणका लागि आफूले इमान्दार प्रयत्न गरेको उल्लेख गरेका छन् ।
खोप ल्याउने सम्बन्धी सबै प्रकृया भएको र केही दिनमा नै खोप आउने सुनिश्चित भएको उनको दाबी छ ।
उनले पछिल्लो राजनितिक घटनाक्रमले खोप आउन ढिलो हुने र नेपाली नागरिकको जीवन माथी नै तलमाथि भएमा त्यसको नैतिक जिम्मेवारी पनि आफूले लिने बताएका छन् । उनले भनेका छन्–‘राजनितिको खेलमा नेपाली नागरिकको जीवनमाथि खोलवाड गर्ने छुट कसैलाई छैन ।’
त्यस्तै गाँजाको औषधीय उपयोग र अनुसन्धानको लागि पहल सुरु गरेको समेत उनको भनाइ छ ।
यस्ता छन् तामाङका १९ दिने उपलब्धि
१. कोरोना नियन्त्रणमा ईमान्दार प्रयत्न । खोप ल्याउने सम्बन्धी सबै प्रकृया भएको र केही दिनमा नै खोप आउने सुनिस्चित भएको । (यदी पछिल्लो राजनितिक घटनाक्रमले खोप आउन ढिलो हुने र नेपाली नगरिकको जीवन माथी नै तलमाथी भएमा त्यसको नैतिक जिम्मेवारी मेरो हुनेछ । राजनितिको खेलमा नेपाली नगरिकको जीवनमाथी खेलवाड गर्ने छुट कसैलाई छैन।)
२. सबै नेपाली जनताको स्वास्थ्य उपचार निशुल्क गर्ने सम्बन्धी छलफल र प्रारम्भिक प्रक्रिया शुरूवात ।
३. सम्पूर्ण सरकारी अस्पतालहरुलाई सुबिधासम्पन्न बनाई अस्पतालमा आउने सबै बिरामीलाई उपचारको सुनिस्चितता गर्ने प्रकृयाको आरम्भ भएको ।
४. गाँजाको औषधीय उपयोग र अनुसन्धानको लागि पहल शुरु भएको ।