• बैशाख २१ २०८३, सोमबार

जातीय आधारमा कोठा नदिएको आरोपमा पक्राउ परेकी घरबेटी थुनामुक्त

असार ९ २०७८, बुधबार

काठमाडौँ। एक दलित युवतीलाई कोठा नदिएको आरोपमा पक्राउ परेकी काठमाडौं बबरमहल निवासी सरस्वती प्रधान थुनामुक्त भएकी छिन् । उनी बुधबार दिउँसो थुनामुक्त भएकी हुन् ।

उनको रिहाई माग गर्दै बुधबार नेवार समुदायले काठमाडौंमा बबरमहलमा प्रदर्शन समेत गरेको थियो ।

उनीविरुद्ध २४ वर्षीया पत्रकार रुपमा सुनारले प्रहरीमा उजुरी दिएकी थिइन्। उनको उजुरीका आधारमा महानगरीय प्रहरी वृत्त सिंहदरबारबाट गएको प्रहरीले उनलाई असार ६ गते पक्राउ गरेको थियो।