• मंसिर १५ २०८१, शनिबार

के प्रमले राजनीतिक नैतिकताको बोध गर्नुहोला ? : भीम रावल

असार ८ २०७८, मंगलवार

काठमाडौं । एमाले नेता भीम रावलले पार्टी अध्यक्ष एवम् सरकारले मन्त्रिपरिषद् विस्तार गरेकोविरुद्ध प्रधानमन्त्री केपी ओलीले गरेका घात र बेथितिलाई सर्वोच्च अदालतले खारेज गरेको बताएका छन् ।

मंगलबार सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गरेर कामचलाउ बनेको सरकारले मन्त्रिपरिषद् विस्तार गरेकोविरुद्ध अन्तरिम आदेश दिएपछि रावलले यस्तो टिप्पणी गरेका हुन्।

नेता रावलले ट्विट गर्दै लेखेका छन् :- ‘आज सर्वोच्च अदालतको आदेशले काम चलाउ प्रम केपीबाट मन्त्रिपरिषद् विस्तारमा संविधानको मर्म, लोकतान्त्रिक मान्यता र जनउत्तरदायी पद्धतिमाथि गरिएको घात र बेथितिलाई खारेज गरेको छ’, रावलले ट्वीटमा प्रश्न गर्दै भनेका छन्, ‘के प्रमले राजनीतिक नैतिकताको बोध गर्नुहोला ?’,