• बैशाख २१ २०८३, सोमबार

दक्षिणकालीको सार्वजनिक शौचालयमा महिलाको शव भेटियो, हत्याको आशंका

असार ८ २०७८, मंगलवार

काठमाडौं । दक्षिणकालीमा एक जना महिलाको शव विभत्स अवस्थामा भेटिएको छ । दक्षिणकालीको सार्वजनिक शौचालयमा अनुहार नचिनिने अवस्थामा महिलाको शव भेटिएको हो।

प्रारम्भिक अनुसन्धानमा महिलाको हत्या भएको हुनसक्ने आशंका प्रहरी गरेको छ ।

शव अन्दाजी ३०/३५ वर्षको महिलाको भएको प्रहरीको भनाइ छ । सनाखत भने भइसकेको छैन ।