• बैशाख २१ २०८३, सोमबार

२४ घण्टामा थप ४,५२२ जनामा कोरोना सङ्क्रमण, ४१ को मृत्यु

असार ८ २०७८, मंगलवार

काठमाडौँ। देशभर थप ४ हजार ५२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभर १२ हजार २०४ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ३ हजार ७०३ जना र ४ हजार ७०९ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ८ सय १९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकरी दिएको छ। योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ६ लाख ५४ हजार ४७० पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा देशभर ४ हजार ९५४ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेहरुको संख्या ५ लाख ६४ हजार ८८२ पुगेको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा थप ४१ सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ८ हजार ८१३ पुगेको छ ।