काठमाडौँ। अडियो शेयरिङ प्लेटफर्म क्लबहाउसमा प्रहरी अधिकृतहरूको तस्बिर राखेको आरोपमा भक्तपुरबाट एक जना पक्राउ परेका छन्।
भक्तपुरको चाँगुनारायणका २० वर्षीय इशान श्रेष्ठलाई साइबर ब्युरोले पक्राउ गरेको हो ।
नेपाल प्रहरी तथा प्रहरी अधिकृतको फोटो दुरूपयोग गरी नक्कली प्रोफाइल बनाएर गलत सूचना प्रवाह गरेको अभियोगमा उनलाई पक्राउ गरिएको ब्युरोले जनाएको छ ।
अदालतबाट सात दिन म्याद लिएर आवश्यक अनुसन्धान भइरहेको ब्युरोका एसएसपी नविन्द अर्यालले जानकारी दिए।