• बैशाख २१ २०८३, सोमबार

पछिल्लो २४ घण्टामा थप २,२९७ जनामा कोरोना सङ्क्रमण , ४६ को मृत्यु

असार ७ २०७८, सोमबार

काठमाडौँ। देशभर थप २ हजार २९७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ५८३ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा १ हजार ५८४ जना र ४ हजार ३२१ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ७ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ६ लाख ४९ हजार ९४८ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा देशभर ३ हजार १३० जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ५ लाख ५९ हजार ९२८ पुगेको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा थप ४६ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ हजार ७७२ पुगेको छ ।