काठमाडौं । गण्डकी प्रदेशका मन्त्री दीपक मनाङेले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गरेका छन् ।
काठमाडौंमा प्रचण्डसँग भेट भएको तस्बिर सार्वजनिक भएपछि त्यसको चौतर्फी आलोचना भएको छ ।
विवादित पृष्ठभूमिका मनाङे यसअघि नेकपा एमालेका अध्यक्ष केपी ओली नजिकका थिए । अहिले भने विपक्षी गठबन्धनमा रहेका मनाङे कांग्रेस नेतृत्वमा बनेको गण्डकी सरकारका मन्त्री हुन् । प्रचण्डले मनाङेलाई भेटेपछि सामाजिक सञ्जालमा भने तीव्र आलोचना भएको छ ।