• मंसिर १५ २०८१, शनिबार

सरकारले जनताको स्वास्थ्यमा हेलचेक्र्याँई गर्‍यो : नेता सिंह

असार ६ २०७८, आईतवार

काठमाडौँ। नेपाली कांग्रेसका नेता तथा पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहले सरकारले जनताको स्वास्थ्यमा गम्भीर हेलचेक्र्याँई गरेको आरोप लगाएका छन् ।

आज बिहान आफ्नै निवासमा पत्रकारहरुसँग कुरा गर्दै नेता सिंहले सरकार कमिसनको खेलमा लागेका कारण कोराना विरुद्धको भ्यासिन समयमा नै ल्याउन नसकेको बताए ।

उनले पहिलो डोज खोप लगाएका १४ लाख नागरिक दोस्रो डोजको पर्खाइमा रहेकाले तत्काल यसमा ध्यान दिन सरकारलाई आग्रह समेत गरेका छन् ।

‘पहिलो डोज खोप लगाएका १४ लाख नागरिकहरु अहिले दोस्रो डोजको प्रतिक्षामा छन् ।’ उनले भने ‘समयमा नै दोस्रो डोज खोप लगाउन नपाउदा ती जनताको स्वास्थ्य अहिले जोखिममा छ । यसमा सरकारको समयमा नै ध्यान जाओस् ।’

साथै नेता सिहंले जनताको स्वास्थ्य जस्तो संवेदनशिल विषयमा सरकारले हेलचेक्रयाँइ गर्न नहुनेमा जोड दिए। सरकार उत्तरदायी नहुँदा समयमा नै कोरोना नियन्त्रण हुन नसकेको उनको आरोप छ ।

फरक प्रसङ्गमा नेता सिंहले पार्टीका १४ महाधिवेशनको तयारी तीव्र रुपमा भईरहेकाले समयमा नै माहाधिवेशन सम्पन्न हुने बताए ।
नेता सिंहले १४ औँ महाधिवेशन समयमा नै सम्पन्न गर्ने वातावरण निर्माण गर्न र विधि प्रक्रिया अनुसार अगाडी बढ्न पार्टीका नेता कार्यकर्तालाई आग्रह समेत गरेका छन् ।

नेता सिहले सिन्धुपाल्चोक, मनाङ लगायत देशका विभिन्न भागमा अविरल वर्षाका कारण आएको बाढी पहिरोले जनजीवन कष्टकर बनाएकाले गम्भीरताका साथ पहल थाल्न सरकारसँग अपिल गरेका छन् । उनले देशभर बाढी पहिरोको मारमा परेका नागरिकको दुखमा आआफ्नो ठाउँबाट साथ र सहयोग गर्न पनि सबैलाई आग्रह समेत गरेका छन् ।