काठमाडौँ। नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएको छ ।
भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा उपचाररत खनालको स्वास्थ्यमा क्रमिक सुधार देखिएको उनका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए ।
भट्टराईका अनुसार खनालको ज्वरो, टाउको दुख्ने समस्या र खोकी हटिसकेको छ । स्वास्थ्यमा सुधार आएसँगै खनाललाई अहिले अक्सिजन सर्पोट निकालेर उपचार थालिएको छ । खनाललाई केही समय अस्पतालमै राखेर उपचार गरिने उनले बताए ।
खनाल २ असारमा थप उपचारका लागि एपोलो अस्पताल पुगेका थिए ।