• बैशाख २१ २०८३, सोमबार

रुपा सुनारलाई कोठा नदिने घरबेटी पक्राउ

असार ६ २०७८, आईतवार

काठमाडौँ। रुपा सुनारलाई कोठा भाडामा नदिएको आरोप लागेकी घरबेटीलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंको बबरमहलस्थित प्रधान थरकी महिलालाई आइतबार प्रहरीले पक्राउ गरेको हो ।

सुरुमा कोठा दिने बताएकी घरबेटीले जातको कुरा आएपछि भने कोठा नदिएको रुपाले बताउँदै आएकी छन् ।

रुपाले आफूमाथि जातीय विभेद भएको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन् ।

प्रहरीले जिल्ला अदालतबाट पक्राउ गर्ने अनुमति लिएर घरबेटीलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार अहिले रुपामाथि सोधपुछ भइरहेको छ ।