• बैशाख २१ २०८३, सोमबार

बागमती सरकारले ल्याएको बजेट संघीयतालाई कमजोर पार्ने कांग्रेसको टिप्पणी

असार ५ २०७८, शनिबार

काठमाडौं । नेपाली कांग्रेस संसदीय दल बागमती प्रदेश सरकारले ल्याएको बजेटले संघीयतालाई सुदृढ पार्ने नभइ कमजोर पार्ने देखिएको टिप्पणी गरेको छ ।

शनिबार काठमाडौंमा प्रदेशसभा सरकारले सार्वजनिक गरेको बजेटका बिषयमा कांग्रेस संसदीय दल बागमती प्रदेशले आयोजना गरेको छलफल कार्यक्रममा इन्द्रबहादुर बानियाँले बागमती प्रदेश सरकारले संघीयता बलियो बनाउने भन्दा पनि कमजोर र अंशुक लगाउने गरि बजेट ल्याएको टिप्पणी गरेका हुन् ।

उनले बजेटमा सरकारले खोपको उचित व्यवस्थापन गर्न नसकेको र बजेटमा पनि खोपका बिषयमा स्पष्ट कुरा नभएको जिकिर गरे । बानियाँले कोरोना महामारीपछिको अवस्थामा जनतामा परेको समस्यामा पनि सरकार मौन देखिएको आरोप लगाए ।

त्यस्तै उनले बजेटलाई हेर्दा समृद्धिको यात्रामा अघि बढ्न नसक्ने र जनताप्रति पनि लक्षित नदेखिएको बताए । कार्यक्रममा बागमती प्रदेशसभाका कांग्रेस सदस्यहरु र स्थानीय तहका कांग्रेसका जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि कुल ५७ अर्ब ७२ करोड ९ लाख २७ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ ।