• बैशाख २१ २०८३, सोमबार

निषेधाज्ञा हटाइहाल्न मिल्दैन भन्दै काठमाडौंका प्रजिअ,फेरि निषेधाज्ञा थप्ने तयारी

असार ५ २०७८, शनिबार
काठमाडौं । काठमाडौं  उपत्यकामा फेरि एक सातादेखि १० दिनसम्म निषेधाज्ञा थप्ने तयारी गरिएको छ ।

उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी निषेधाज्ञा थप्ने तयारीमा जुटेका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार उपत्यकाभित्र निषेधाज्ञालाई नै निरन्तरता दिइनेछ ।

‘‘उपत्यकाको संक्रमणदर हेरेर निषेधाज्ञाको मोडालिटी फेरबदल गर्दै आएका छौँ । एकैपटक निषेधाज्ञा हटाइयो भने फेरि महामारी नियन्त्रण बाहिर जानेमा हामी सजग छौँ,” प्रजिअ पराजुलीले भने, ‘‘त्यसैले पनि निषेधाज्ञा हटाइहाल्न मिल्दैन । चरणबद्ध रुपमा निषेधाज्ञा खुकुलो बनाउदै लैजाने हो । पछिल्लो समय निषेधाज्ञामा कडाइ गर्नेभन्दा पनि संक्रमणदर पुनः नफैलिने गरी व्यवस्थापन गर्नतिर लागेका छौँ ।”