• बैशाख २१ २०८३, सोमबार

मेलम्ची क्षेत्रमा फेरि बाढी, हेलम्बुको प्रहरी कार्यालय ढल्यो

असार ५ २०७८, शनिबार

काठमाडौँ । सिन्धुपाल्चोकको मेलम्ची नदीमा आएको बाढीले इलाका प्रहरी कार्यालय हेलम्बुको भवन ढलेको छ ।

शुक्रबार राति आएको बाढीले सो प्रहरी कार्यालय भवन ढलाएको हो । तर, मानवीय क्षति भने भएन ।

बाढीको उच्च जोखिम भएकोले प्रहरीले सो तीन तले भवन छोडिसकेको थियो । भवनमा रहेका केही महत्वपूर्ण सामानहरू भने पहिल्यै नै सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ ।

यस्तै, वडा नम्बर ४ ग्याल्थुममा रहेको ईस्ट प्वाइन्ट एकेडेमीको भवन पनि बाढीले बगाएको छ । वडा कार्यालय पनि बगाएको बताइएको छ ।

असार १ गतेदेखि निरन्तर आइरहेको बाढीले सिन्धुपाल्चोक तहसनहस बनाएको छ।