• मंसिर १४ २०८१, शुक्रबार

कांग्रेस केन्द्रीय समिति बैठक : विपक्षी गठबन्धनलाई सहभागी गराउने निर्णय

असार ४ २०७८, शुक्रबार

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले लोकतन्त्र र संविधान पक्षधर अन्य शक्तिलाई पनि आफू नेतृत्वको गठबन्धनमा सहभागी गराउने निर्णय गरेको छ ।

पार्टी कार्यालय सानेपामा शुक्रबार बसेको बैठकले विपक्षी गठबन्धनलाई निरन्तरता दिने निष्कर्ष निकाल्दै लोकतन्त्र र संविधानको रक्षाका लागि गठबन्धनलाई थप मजबुत बनाउनुपर्ने निष्कर्ष निकालेको हो ।

कांग्रेसको नेतृत्वमा नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल समूह, जनता समाजवादी पार्टीको उपेन्द्र यादव समूह र राष्ट्रिय जनमोर्चाले विपक्षी गठबन्धन बनाएका छन् ।

केन्द्रीय समिति बैठकले पार्टीको १४ औं महाधिवेशनको संशोधित कार्यतालिका पनि अनुमोदन गरेको छ ।

आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौँमा पार्टीको महाधिवेशन गर्ने गरी संशोधित कार्यतालिका अनुमोदन गरेको हो ।

संशोधित कार्यतालिका अनुसार साउन १२ गते वडा, साउन १६ गते गाउँनगर, र साउन २० गते प्रदेश क्षेत्रीय अधिवेशन गर्नेछ ।