• बैशाख २१ २०८३, सोमबार

२४ घण्टामा २,७६८ मा सङ्क्रमण, ४ हजार २० संक्रमणमुक्त

असार ४ २०७८, शुक्रबार

काठमाडौं । देशभर २ हजार ७६८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ७ हजार ५६९ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा १ हजार ९६३ जना र ५ हजार ४६८ जनाको एन्टिजेन विधिबाट परीक्षण ८ सय ५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ६ लाख ४२ हजार ८०८ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा देशभर ४ हजार २० जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ५ लाख ४९ हजार ६८२ पुगेको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा थप ४४ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ हजार ६४१ पुगेको छ ।