• बैशाख २१ २०८३, सोमबार

हास्यकलाकार गजुरेल बने सद्भावना पर्यटन दूत

असार ४ २०७८, शुक्रबार

हास्य कलाकार मनोज गजुरेललाई सिरिजङ्गा गाउँपालिकाले सद्भावना पर्यटन दूतमा नियुक्त गरेको छ । गाउँपालिकाको नियमित नवौँ गाउँसभामा गजुरेललाई सद्भावना पर्यटन दूत नियुक्त गर्ने निर्णय गरिएको हो ।

पालिकाको नवौं सभाले गजुरेललाई ‘सिरिजङ्गाको छोरा’ उपमाले परिभाषित गरेको पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेशकुमार भट्टराईले जानकारी दिएका छन् । सो अवसरमा पूर्व मन्त्री भट्टराईले कलाकार गजुरेललाई बधाई ज्ञापन गर्नुका साथै शुभकामना समेत व्यक्त गरेका छन् ।

गजुरेल सिरिजङ्गा गाउँपालिका-५ मामाङ्खे गाउँमा जन्मिएका हुन् ।