• बैशाख २१ २०८३, सोमबार

शताब्दी पुरुष जोशीको स्वास्थ्यमा सुधार भएपछि अस्पतालबाट डिस्चार्ज

असार ४ २०७८, शुक्रबार

काठमाडौँ। वाङमय शताब्दी पुरूष डा. सत्‍यमोहन जोशी अस्पतालबाट डिस्चार्ज भएका छन् । ललितपुरको किष्ट अस्पतालमा ९ दिनको उपचारपछि शुक्रबार जोशी घर फर्केका हुन् ।

अस्पतालले शुक्रबार एक प्रेस विज्ञप्ति निकालेर जोशीको स्वास्थ्य अवस्था सामान्‍य भएकाले उनलाई शुक्रबार चिकित्सकको सल्लाहमा डिस्चार्ज गरिएको जानकारी दिएको छ ।

‘हाल डा. जोशी ज्‍यूको स्वास्थ्यमा सुधार भइ उहाँ हिड्‌डुल गर्न सक्‍नु हुनु भएको छ । अस्पतालको बसाइको क्रममा उहाँको खानपिन सामान्‍य नै रहेको थियो । पल्मोनोलोजी कार्डिक तथा जेरियट्रिक फिजिसियनबाट समेत उहाँको अवस्था सुधारात्मक रहेको कुरा जानकारी भएकाले चिकित्सकको सल्लाह बमोजिम उहाँलाई शुक्रबार डिस्चार्ज गरिएको छ।’अस्पतालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

यसअघि जोशीको श्वास प्रश्वासमा समस्या, छातीको संक्रमण, मुटुको चालमा गडबडीका साथै रक्तचापमा कमी देखिएपछि जेठ २६ गते उनलाई ललितपुरको किष्ट शिक्षण अस्पतालमा भर्ना गरिएको थियो ।