काठमाडौँ। गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आज विश्वासको मत लिने भएका छन् ।
मुख्यमन्त्री पोखरेलले आज बिहान ११ बजे बस्ने प्रदेश सभा बैठकबाट विश्वासको मत लिने कार्यक्रम रहेको छ । उनी जेठ २९ गते मुख्यमन्त्री नियुक्त भएका थिए । मुख्यमन्त्री भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ ।
गण्डकी प्रदेश सभाका ६० सदस्यमध्ये ३१ जनाको बहुमत जुटाएर उनी मुख्यमन्त्री बनेका हुन् । उनलाई नेपाली कांग्रेस, नेकपा(माओवादी केन्द्र), राष्ट्रिय जनमोर्चा, जनता समाजवादी पार्टी र एक स्वतन्त्र सांसदको समर्थन रहेको छ ।