सिन्धुपाल्चोक । अविरल वर्षाले मेलम्ची नदीमा बाढी आउँदा सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ अम्बाथानस्थित मेलम्ची खानेपानी आयोजनामा कार्यरत आठ जना सम्पर्कविहीन भएका छन् ।
तीन चिनियाँ, तीन भारतीय र दुई नेपालीसहित आठ कामदार बेपत्ता भएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयबासीको सहयोगमा उनीहरुको खोजी भइरहेको छ ।
यस्तै निर्माणस्थलमा रहेका ७६ जनालाई हेलिकोप्टरमार्फत उद्दार गरिएको छ । उद्दार गरिएका सबैलाई काठमाडौँ र धुलिखेल ल्याइएको आयोजनाले जनाएको छ ।