• बैशाख २१ २०८३, सोमबार

पछिल्लो २४ घण्टामा थप २,८२८ जनामा कोरोना सङ्क्रमण

असार २ २०७८, बुधबार

काठमाडौं । देशभर थप २ हजार ८२८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ८ हजार ६८७ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा २ हजार १४ जना र ४ हजार ३३५ जनाको एन्टिजेन विधिबाट परीक्षण ८ सय १४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ६ लाख ३७ हजार ४३३ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा देशभर ३ हजार ८२ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा निको हुनेहरुको संख्या ५ लाख ४३ हजार ५२१ पुगेको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा थप ५२ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ हजार ५५८ पुगेको छ ।