काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवले सरकारले समयमै आवश्यक पहल र पुर्व तयारीमा भएको चरम वेवास्थाका कारण बाढी, पहिरो र डुबानले देशमा धेरै जनधनको क्षती भएको धारणा सार्वजनिक गरेका छन। बुधबार एक विज्ञप्ति जारी गर्दै महासचिव विप्लवले अझैं पनि गम्भीर भई तदारुकताका साथ नलाग्ने हो भने थप भयावह स्थिति व्यहोर्नुपर्ने हुनसक्छ भन्दै सम्भावित संकटलाई मध्यनजर गरि पुर्व तयारीमा लाग्न,उद्धार र राहत कार्यमा राज्यका सम्पूर्ण निकायलाई परिचालन गर्न ज्यान गुमाएका परिवार र क्षती भएका परिवारलाई उचित क्षतीपुर्ती उपलब्ध गराउन साथै घाइतेहरुको तत्काल निशुल्क उपचार गर्न सरकार सँग माग गरेका छ।
यस्तो प्राकृतिक विपत्तीमा परेर ज्यान गुमाएकहरुप्रति श्रद्धान्जली अर्पण गर्दै महासचिव विप्लवले उनीहरुको परिवारजनमा गहिरो समबेदना व्यक्त गरेका छन्। विप्लवले घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।
मौसम पूर्वानुमान सम्बन्धी विभिन्न निकाए र विज्ञहरुले अग्रिम जानकारी गराएको अवस्थामा समेत सरकारको तर्फबाट समयमै आवश्यक पहल र पुर्व तयारीमा भएको चरम वेवास्ता र लापरवाहीका कारण देशले यो स्थिति भोग्नु परेको उनले आफ्नो विज्ञप्तिमा उल्लेख गरेका छन्।
आफ्नो पार्टीका सम्पुर्ण नेता, कार्यकर्ताहरुलाई उद्धार तथा राहत कार्यमा अभियानकै रुपमा लाग्न निर्देशन दिंदै महासचिव विप्लवले आपतमा परेकाहरुलाई यथाशक्य साथ र सयोगका लागि सम्पूर्ण जनसमुदायमा हार्दिक आग्रह गरेका छन्।
हेरौं महासचिव विप्लवको विज्ञप्ति ⇓