गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आगामी शुक्रबार संसदमा विश्वासको मत लिने भएका छन् । गत जेठ २९ मा मुख्यमन्त्री नियुक्त भएका पोखरेलले शुक्रबार विश्वासको मत लिने तयारी गरेका हुन् । विश्वासको मत लिनका लागि मुख्यमन्त्री संसद सचिवालयमा प्रस्ताव दर्ता गराइसकेको मुख्यमन्त्री पोखरेलको सचिवालयले जनाएको छ । विश्वासको मत लिनुभन्दा दुई दिनअघि प्रदेशसभा सचिवालयलाई जानकारी दिनुपर्ने प्रावधान छ ।
विश्वासको मत लिएपछि मात्रै मुख्यमन्त्री पोखरेलले मन्त्रीहरुको कार्यविभाजन गर्ने भएका छन् । पाँचसदस्यीय मन्त्री परिषद गठन गरेका उनले अहिलेसम्म कसैको पनि कार्यविभाजन गरेका छैनन् ।