• बैशाख २१ २०८३, सोमबार

स्याङ्जामा जीप दुर्घटना, एकको मृत्यु, ६ जना घाइते

असार २ २०७८, बुधबार

स्याङ्जा। भीरकोट नगरपालिक ४ दर्बुङठाटीमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।भीरकोटको बानेथोकबाट बयारघारी आउँदै गरेको ग १ ज ४९४० नम्बरको जीप दुर्बुङठाटीको कच्ची सडक खण्डमा दुर्घटना हुँदा ७ जना घाईते भएकोमा भीरकोट–३ का ३६ वर्षीय गणेशजंग अधिकारीको भीरकोट नगर अस्पतालमा उपचारको क्रममा निधन भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा जिप चालक ३० वर्षीय मनु भन्ने विकास थापा, ४६ वर्षीया प्रतिमा परियार, ४० वर्षीय रेशम परियार, ४८ वर्षीय रूकबहादुर परियार, २८ वर्षीया सोनी श्रेष्ठ र ४० वर्षीय रेशम परियार घाइते भएका छन् । उनीहरुलाई थप उपचारको लागि पोखरा रिफर गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।

जीप सडकबाट करिब पाँच मिटर तल खसेको छ । जीपमा रहेका आठजनामध्ये एकजना सकुशल रहेको प्रहरीको भनाइ छ।