• बैशाख २१ २०८३, सोमबार

सरकारले निजामती कर्मचारीलाई दिनको सय रूपैयाँ खाजा खर्च दिने

असार १ २०७८, मंगलवार

विराटनगर । प्रदेश नम्बर १ सरकारले निजामती कर्मचारीहरूलाई खाजा खर्च दिने भएको छ ।

आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै आर्थिक मामिला मन्त्री आङ्बोहाङ्गले कर्मचारीलाई हाजिरीका आधारमा खाजा खर्च उपलब्ध गराउने घोषणा गरेका हुन् ।

कर्मचारीहरुको प्रोत्साहनका लागि साउन १ गतेबाट हाजिर भएको दिनको आधारमा १ सय रुपैयाँ खाजा खर्चको व्यवस्था गरिने उनले बताए । उनले भने, ‘प्रदेशका कर्मचारीहरुको उत्प्रेरण, मनोबल बृद्धि गर्न प्रोत्साहनस्वरुप २०७८ साउन एक गतेदेखि लागू हुने गरी प्रत्येक कर्मचारीलाई कार्यालयमा उपस्थित भएको दिन रु एक सयको दरले खाजा खर्च प्रर्दान गर्ने व्यवस्था मिलाएको छु ।’