• बैशाख २१ २०८३, सोमबार

बागलुङमा पहिरोका कारण पाँच घर विस्थापित, सडक अवरुद्ध

असार १ २०७८, मंगलवार

बागलुङ   । बागलुङमा लगातारको वर्षाले गर्दा आएको पहिरोका कारण काठेखोला गाउँपालिकामा पाँच घर विस्थापित भएका छन्।

काठेखोला गाउँपालिका–७ जिरेदीमा घरमाथी र घरमुनीबाट पहिरो गएपछि ती परिवार विस्थापित भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।

सदरमुकाम बागलुङ बजार हुँदै रेश जोड्ने सडकको जिरेदी भन्ने स्थानमा सडक भासिँदा घरमाथि पहिरो आएको हो। जिरेदीका चित्रबहादुर कार्कीको घरमाथीबाट पहिरो आएको वडाअध्यक्ष प्रेम जिसीले बताए।  सोही ठाउँकै बलबहादुर जिसी र कृष्ण जिसीलगायतका घर पहिरोको उच्च जोखिममा छन्। सबै परिवारका सदस्यलाई अन्यत्रै सार्न थालिएको छ। वर्षा र पहिरो नरोकिएकाले विस्थापित तीन परिवारलाई सुरक्षित स्थानमा सार्न लागिएको हो।

पहिरोका कारण  बागलुङ–कुश्मीशेरा सडक, बागलुङ–बरेङ सडक, मध्यपहाडी लोकमार्ग र पालिका मुकामबाट वडाकार्यालय तथा गाउँ वस्ती जोड्ने सबै सडकका ठाउँ ठाउँमा पहिरोले अवरुद्ध गरेको छ । छ।