• मंसिर १२ २०८१, बुधबार

वैधानिकता दाबि गर्न यादव पक्ष निर्वाचन आयोग जाने

असार १ २०७८, मंगलवार

काठमाडौँ। जनता समजवादी पार्टी (जसपा)को उपेन्द्र यादव पक्ष आफूहरुले पार्टीको वैधानिकता दाबि गर्दै निर्वाचन आयोग जाने भएको छ। राजनीतक दल सम्बन्धी ऐनको दफा ४४ अनुसार आफूहरुले पार्टीको आधिकारिकता दाबि गर्न निर्वाचन आयोग जाने भएको हो।

बहुमत कार्यकारिणी समितिको आधारमा महन्थ ठाकुर सहित चार जना नेतालाई गरेको कारवाही अद्यावधिक गर्न निर्वाचन आयोगलाई राजनैतिक दल सम्बन्धी ऐनको दफा ५१ अनुसार निवेदन दिएको थियो। उता अर्का अध्यक्ष अध्यक्ष महन्थ ठाकुरले पनि यादवलाई कारवाही गरेर अद्यावधिका लागि आयोगमा निवेदन दिएका थिए। निर्वाचन आयोगले दुवै समूहको दावी अस्विकार गरेको थियो।

आयोगको सो निर्णयपछी अध्यक्ष यादवले मंगलबार एक विज्ञप्ति जारी गर्दै उक्त निर्णयले निर्वाचन आयोगबाट निष्पक्ष, तटस्थ भूमिका निर्वाह हुन नसकेको र पूर्वाग्रहपूर्ण रहेको हाम्रो निष्कर्ष निकालेका थिए। अब वैधानिकता दाबि गर्दै आयोग जाने तयारी गरिएको पार्टीका प्रचार विभाग प्रमूख डम्बर खतिवडाले जानकारी दिए।