• मंसिर १२ २०८१, बुधबार

मनाङमा बाढीको वितण्डा: बगायो विद्युतगृह र बेलिब्रिज

असार १ २०७८, मंगलवार

चामे। लगातारको वर्षाले हिमाली जिल्ला मनाङमा वितण्डा मच्चाएको छ। लगातारको वर्षापछि आएको बाढीले मनाङमा विद्युतगृह, बेलिब्रिज र एक काठेपुल समेत बगाएको छ। त्यस्तै मनाङको ताल गाउँको आधा वस्ती बाढीले डुबाएको छ।

सोमबार साँझदेखि परेको भीषण वर्षाले चामे गाउँपालिका १ तिमाङ्ग खोला बेलिब्रिज बगाएको हो। तिमाङ्गखोलामै रहेको ३२ किलोवाटको स्याल्क्युखोला जलविद्युतगृह पनि आएको बाढीले बगाएको छ। त्यस्तै सदरमुकाम चामेमा बाढीले चारवटा घर बगाएर क्षती पुर्याएको छ। नासों गाउँपालिका १ ताल गाउँको आधा वस्ती डुबानमा पारेर बाढीले मानिसहरुको बिचल्ली बनाएको छ।

मर्स्याङदीमा उर्लिएर आएको बाढीले ताल गाउँमा अवस्थित भानु माध्यमिक विद्यालय सहित ताल गाउँको आधा गाउँ डुबेको छ। ५६ घरधुरी रहेको ताल गाउँका बासिन्दा पहरामुनी गएर बसेको केहीभने लमजुङ्ग सिमा क्षेत्र म्याग्दे भीरतर्फ आएको स्थानियले बताए।

जिल्ला प्रहरी कार्यालय, मनाङका डिएसपी सुवास खडकाका अनुसार घट्टेखोलामा आएको बाढीले ढुंगा मुढा थुपारिदिंदा चामे बजारको पुल थुनिएको छ। पुल ठुनिंदा यसअघि बगाउन लागेको थप घरका साथै काठका थप तीन घर बगाएको उनले बताए।