• मंसिर १४ २०८१, शुक्रबार

‘धतुरोको बोटमा अमृत नफल्ने’ भन्दै पृथ्वी सुब्बाले गरे दिपक मनाङ्गेलाई व्यंग्य

जेष्ठ ३० २०७८, आईतवार

पोखरा। गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले गण्डकी प्रदेशका सांसद राजिव गुरुङ ‘दीपक मनाङ्गे’ले आफूलाई धोका दिएको बताएका छन्। आइतबार पोखरामा पत्रकारहरुसँग कुरा गर्दै नेकपा (एमाले) संसदीय दलका नेता गुरुङले मनाङ्गेलाई आफूले धेरै सहयोग गरेको तरपनि उनले आफूलाई ‘धोका’ दिएको बताएका हुन्।

मनाङ्गेलाई आफूले चुनाव जिताएको मात्रै नभई प्रदेश सभाको सपथ खुवाउन समेत भूमिका खेलको भन्दै उनले भने, ‘सबै छोडेर राजनीति र समाजसेवा गर्छु, सुध्रिन्छु भनेको हुनाले मैले नै सघाएको हो। तर, सबै डाँकूहरु वाल्मिकी नहुने रहेछन।’ आफू नेतृत्वको प्रदेश सरकार तलमाथि हुन लाग्दा गुरुङले मनाङ्गेलाई गत बैशाख १६ गते प्रदेशको युवा तथा खेलकुदमन्त्री समेत बनाएका थिए।

पछिल्लो पटक उनले कित्ता फेरेर विपक्षी दलतिर लागेपछि अहिले गण्डकीमा वैकल्पिक सरकार बनेको छ। राजनीतिमा मनाङ्गेले जति धोका आफूलाई कसैले नदिएको गुरुङले बताए। आफू रुपान्तरण हुने अवसर हो भन्ने थाहा नपाएकाले यसरी धोका दिएको भन्दै उनले अगाडी भने, ‘धतुरोको बोट आँगनमा रोपेर अमृत फल्दैन भनेको यही हो।’

आफूले पनि चाहेको भए मनाङ्गेको सांसद पद जाने भएको भएपनि आफूले त्यसो नगरेको समेत उनले बताए। एउटा स्वतन्त्र सांसद कुनै संसदीय दलमा प्रवेश गरेर फेरी स्वतन्त्र हुन नपाइने भन्दै उनले भने, ‘यति सुविधा दिउँ भनेर दिएको मात्र दिएको हो।’