• फाल्गुन २६ २०८२, मंगलवार

माधव नेपालको समूहलाई खरानी समूहको संज्ञा

जेष्ठ २६ २०७८, बुधबार

काठमाडौं । नेकपा एमालेका नेता गोकूल बास्कोटाले पार्टीबाट निष्कासित नेता माधव कुमार नेपालको समूह खरानीको समूहमा परिणत भएको बताएका छन् ।

मंगलवार सुदूरपश्चिम प्रदेशमा एमालेले माओवादी केन्द्रको सरकार जोगाइदिएको भन्दै त्यसतर्फ आक्रोश पोखेका नेता बास्कोटाले आफ्नो पार्टी जलाएर खरानी बनाउने, अनि टिका लगाएर अरुको पछि दौडनेहरुको के महत्व भने । उनले नेपाल समूहलाई आफ्नै पार्टीविरुद्ध एकपछि अर्को घात गरेको भन्दै खरानी समूहको संज्ञा दिएका हुन् ।

‘विधि,पद्दती, अनुशासन, संघीयता, पार्टी एकता, समाजवाद, लोकतन्त्र के–के हो के–के जोगाउने एमालेको खरानी समुहले आज पनि पार्टी एकताको ठोस आधार निर्माण गरेकोमा हार्दिक बधाई’ उनले भनेका छन् ।

‘नेपालपक्षलाई कसैले अवरोध नगर्ने भन्दै शुभकामना समेत दिनुभएको छ ‘माकेमा विलय हुने र कांग्रेस प्रवेश गर्ने उहाँहरुको छलाङकारी यात्रामा आज उपरान्त कसैले अवरोध नगरोस, अग्रिम शुभकामना’, उनले थपेका छन् ।