• बैशाख २० २०८३, आईतवार

नागरिकता सम्बन्धी अध्यादेशको(पूर्णपाठ)

जेष्ठ ९ २०७८, आईतवार

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार नागरिकता सम्बन्धी अध्यादेश जारी गरेकी छिन् ।

संविधानको धारा ११४ को उपधारा १ बमोजिम सो अध्यादेश जारी भएको राष्ट्रपति कार्यालयले बताएको छ।

अध्यादेशमा २०७२ साल असोज ३ गतेअघि जन्मको आधारमा नेपालको नागकिरता पाएकाको सन्तान वालिग भएपछि बंशजको नागरिकता दिने व्यवस्था गरिएको छ । तर त्यस्ता व्यक्तिले आमा र बाबु दुबैको नागरिकता पेश गर्नुपर्नेछ ।

त्यस्तै नेपाली आमाबाट नेपालमै जन्म भएको तर बाबुको पहिचान नभएका व्यक्तिलाई समेत नेपालको बंशजको नागरिकता दिइने व्यवस्था गरिएको छ ।

तर पछि पहिचान हुँदा बाबु विदेशी रहेको देखिए स्वतः अंगीकृत नागरिकतामा रुपान्तरण हुने व्यवस्था समेत अध्यादेशमा समावेश गरिएको छ ।

नेपाली आमाबाट नेपालमै जन्म भएको तर बाबुको पहिचान हुन नसकेको र आमाको होसहवास नभएको र आमाको मृत्यु भइसकेको भए नागरिकता लिने आफैले स्वघोषणा गरेर निवेदन दिनुपर्ने व्यवस्था राखिएको छ ।

बाबुको पहिचान नभएको तर नागकिरता लिएपछि बाबु विदेशी भएको पाइए नेपाली नागरिकता पाएकाहरुले विदेशी नागरिकता नलिएको प्रमाण समेत पेश गर्नुपर्ने व्यवस्था समावेश गरिएको छ ।

नागरिकता सम्बन्धी अध्यादेशको पूर्णपाठ हेर्न यहाँ क्लिक गर्नुहोला