• भाद्र २३ २०८३, मंगलवार

जेनजी सरकारको विरोध गर्दा जेनजी आन्दोलनकै घाइते पवन खड्का पक्राउ

भाद्र २३ २०८३, मंगलवार

काठमाडौं । सरकारको विरोध गर्दा जेनजी घाइते पवन खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

नयाँ बानेश्वरस्थित पुरानो संसद् भवनमा मंगलबार आयोजित कार्यक्रममा विरोध जनाएपछि जेनजी आन्दोलनका घाइते खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको हो । कार्यक्रममा गृहमन्त्री सुधन गुरुङ र मन्त्रीहरू सहभागी थिए ।

सरकारले केही नगरेको र आफूले बोल्न पाउनुपर्ने भन्दै आवाज उठाएपछि उनलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएका हुन् ।