• बैशाख १२ २०८३, शनिबार

कसरी धुने अनुहार ?

श्रावण ३० २०८२, शुक्रबार

अनुहारको छालालाई स्वस्थ, सफा र कोमल बनाउन फेसवास निकै आवश्यक हुन्छ । तर, फेसवास गर्ने तरिका सही हुनु जरुरी हुन्छ । यदि फेसवासमा सही तरिका नअपनाउने हो भने अनुहारको छालामा नोक्सान हुन्छ । फेसवाससम्बन्धी केही जानकारी थाहा पाउनुहोस् ।

१. फेसवासका लागि राम्रो प्रोडक्ट चयन गर्नुपर्छ । आफ्नो छालाको किसिमअनुसार फेसवास रोज्नुपर्छ । हर्वल फेसवास सबैभन्दा राम्रो विकल्प हो । यसको साइडइफेक्ट हुँदैंन । तैलीय छालाका लागि नीम, एलोभेरा र मिन्ट फेसवास प्रयोग गर्न सकिन्छ । सुख्खा छालाका लागि केसर, मिल्क एण्ड हनी फेसवास प्रयोग गर्न सकिन्छ । डेड स्कीनका लागि स्क्रबवाला फेसवास प्रयोग गर्न सकिन्छ ।

२. फेसवासका लागि बढी तातोपानी प्रयोग गर्नुहुन्न । यसले छाला खराब गर्न सक्छ । निकै चिसो पानी पनि उपयोगी हुन्न । फेसवासका लागि मनतातो पानी या ताजा पानीको प्रयोग उत्तम हुन्छ ।

३. मानिसहरु बढी रगड्नाले अनुहारको छाला सफा हुन्छ भनी सोच्छन् । तर, यस्तो होइन । यस्तो गर्नाले अनुहारको बाहिरी नरम छाला निस्कन सक्छ र छाला सुख्खा हुन सक्छ । यसैले हल्का र आरामका साथ छाला सफा गर्नुपर्छ ।

४. अनुहार पुछ्नु पनि स्वस्थ राख्ने तरिका हो । तर, बढी रगडेर पुछ्नाले बाहिरी छालामा असर पर्न सक्छ । यस्तो गर्नाले छालाभन्दा तल रहेको कमजोर भाग प्रदुषण र घामको सिधा सम्पर्कमा आउन सक्छ । सौन्दर्य विशेषज्ञका अनुसार दिनमा दुईपटकभन्दा बढी अनुहार पुछ्नुहुन्न ।

५.मानिसहरु त्यति ध्यान दिँदैंनन् । तर, सौन्दर्यका हिसाबले मेकअप हटाउनुपनि जरुरी हुन्छ । यस्तो गर्नाले छालामा राम्रोसंग अक्सिजन पस्न पाउछ । मेकअप नहटाउँदा छालाले राम्रोसंग अक्सिजन लिन पाउँदैंन र क्षति हुन सक्छ ।

६. दिनमा बिहान र बेलुका दुईपटक फेसवास गर्नु राम्रो मानिन्छ । यदि बढीपटक फेसवास गर्ने हो भने छालामा असर पर्न सक्छ । यदि मेक–अप, सनस्क्रीन आदिको प्रयोग नगर्ने हो भने राती विना फेसवास जेल पानीले मात्र अनुहार धुन सकिन्छ ।