• फाल्गुन २९ २०८२, शुक्रबार

कस्तो छ आजको मौसम पूर्वानुमान ?

श्रावण २५ २०८२, आईतवार

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जनाएको छ ।

हाल बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशको पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहेको छ भने बागमती प्रदेशका केही र कोशी प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरू तथा मधेश प्रदेश लगायत सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा मध्यम वर्षा भईरहेको छ ।

आज दिउँसो देशभर साधारणतया बदली रहनेछ भने कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशको पहाडी भू–भागका केही र मधेश प्रदेश लगायत देशका बाँकी पहाडी र तराई भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ ।

महाशाखाले आगामी २४ घण्टा मनसुनको समय भएकोले पछिल्लो मौसमी सूचनाको जानकारी लिन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा अनुरोध गरको छ ।