• फाल्गुन २९ २०८२, शुक्रबार

जम्मू कश्मीरको उधमपुरमा सीआरपीएफको गाडी दुर्घटना, तीन सैनिकको मृत्यु

श्रावण २२ २०८२, बिहीबार

काठमाडौँ । भारतको जम्मू कश्मीरको उधमपुरमा दुर्घटना हुदा केन्द्रीय रिजर्भ पुलिस बलका तीन सैनिकको मृत्यु भएको छ । दुर्घटनामा १५ सैनिक घाइते भएको र उनीहरुको अस्पतालमा उपचार भइरहेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

केन्द्रीय रिजर्भ पुलिस बल (सीआरपीएफ) को १८७औं बटालियनको बस उधमपुर जिल्लाको कडवाबाट बसन्त गढ जाँदै गर्दा लगभग २०० फिट गहिरो खाल्डोमा खसेको बताइएको छ । विहिबार बिहान दुर्घटना भएको बसमा कुल १८ सैनिक रहेका थिए । सबै घाइतेहरूलाई हेलिकप्टरबाट उद्धार गरी उधमपुरको सैन्य अस्पतालमा भर्ना गरिएको छ ।