काठमाडौँ । गर्भ रहेको ९ महिनासम्म महिलामा शारीरिक, मानसिक, भावनात्मक हिसाबले धेरै परिवर्तनहरू आउँछन् । त्यस्तै, सुत्केरी भएपछि पनि नयाँ आमा बनेकी महिलामा विभिन्न मानसिक परिवर्तनहरू देखिन्छन् ।
चिकित्सकका अनुसार सुत्केरी महिलामा पोष्टपार्टम डिप्रेसन, पोष्टपार्टम ब्लुज र साइकोसिस जस्ता मानसिक स्वास्थ्य समस्याहरू देखिन्छन् । यी समस्यालाई समयमै बुझ्न नसक्दा र समयमै आवश्यक उपचार नगर्दा आमा र बच्चा दुवैको ज्यानै समेत जान सक्छ ।
सुत्केरी महिलामा देखिने पोष्टपार्टम डिप्रेसन, पोष्टपार्टम ब्लुज र साइकोसिस के हो ? यसै विषयमा ललितपुरको ग्वार्कोस्थित बीएण्डबी अस्पतालमा कार्यरत स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जना कार्कीसँग हामीले कुराकानी गरेका छौँ ।
बच्चा जन्माएपछि महिलामा मानसिक समस्या किन देखिन्छ ?
–बच्चा जन्मेपछिको ६ हप्तासम्मको समयलाई पोष्टपार्टमको समय भनिन्छ । त्यो ६ हप्ताको समयमा सुत्केरी महिलाहरूमा मानसिक र भावनात्मक परिवर्तन आउँछ । किनभने स्वतन्त्र रूपमा हिँडिरहेकी महिलालाई सानो बच्चाको सबै जिम्मेवारी लिनुपर्ने अवस्था आइपर्छ । कसैले ठुला–ठुला दुःख पनि सहन सक्छन् तर कसैलाई सानो सानो कुराले पनि प्रभाव पार्न सक्छ । किनभने सबैको मानसिक अवस्था एउटै हुँदैन ।
यो अवस्थामा पोष्टपार्टम ब्लुज र पोष्टपार्टम डिप्रेसन हुनसक्छ । कहिलेकाहीँ पोस्टपार्टम साइकोसिस पनि हुन्छ ।
पोष्टपार्टम ब्लुज (Postpartum Blues)
यो बच्चा जन्मेपछि धेरैजसो महिलामा देखिने सामान्य मानसिक अवस्था हो । यो खासै गम्भीर समस्या होइन र केही दिनभित्रै आफैँ ठिक हुन्छ ।
यसका लक्षणहरू :
१. भावनात्मक रूपमा कमजोर महसुस हुने, एक्कासि रुन मन लाग्ने ।
२. बच्चाको हेरचाह गर्न सक्छु कि सक्दिनँ भन्ने चिन्ता लाग्ने ।
३. आफ्नो शरीर पहिलाको जस्तो नभएको महसुस गर्ने र आफू नराम्री भएकी छु भन्ने सोच्ने ।
४. काम छोड्नुपर्ने चिन्ता हुने ।
५. यस्ता लक्षणहरू एक–दुई दिनसम्म देखिन सक्छन्, त्यसपछि आफैँ ठिक भएर बच्चासँगको सम्बन्ध सुमधुर बन्दै जान्छ ।
पोष्टपार्टम डिप्रेसन (Postpartum Depression)
यो पोष्टपार्टम ब्लुजभन्दा अलि गम्भीर अवस्था हो । यसमा महिलालाई लामो समयसम्म दुःख र निराशाले सताउन सक्छ । यो आफैँ निको हुँदैन ।
यसका लक्षणहरू :
१. आफूलाई कमजोर महसुस गर्ने ।
२. आफ्नो र बच्चाको स्याहार गर्न मन नलाग्ने ।
३. सुतिरहन मात्र मन लाग्ने ।
४. कहिलेकाहीँ त बच्चासँग भावनात्मक सम्बन्ध नै बनाउन नसक्ने र बच्चालाई दुध खुवाउन मन नलाग्ने ।
५. यस्तो अवस्थामा परिवारको सहयोग र मनोपरामर्श आवश्यक हुन सक्छ । कहिलेकाहीँ औषधिको पनि आवश्यकता पर्न सक्छ ।
६. यदि यसको समयमै उपचार गरिएन भने महिलाले बच्चालाई नै हानि पुर्याउन पनि सक्छन् ।
पोष्टपार्टम साइकोसिस (Postpartum Psychosis)
पोष्टपार्टम साइकोसिस एक गम्भीर र दुर्लभ मानसिक स्वास्थ्य समस्या हो । यो अवस्थामा आमाले वास्तविकताबाट टाढा भएको महसुस गर्न सक्छन् । यो अवस्थामा आमा र बच्चा दुवैको जीवन जोखिममा हुन सक्छ ।
यसका लक्षणहरू :
सुत्केरी महिलामा मानसिक स्वास्थ्य समस्या देखिएको छ भनेर कसरी थाहा पाउन सकिन्छ ?
–यदि महिलाले बच्चामा रुचि देखाइनन, आफ्नो हेरचाहमा ध्यान दिइनन, खुसी नहुने, बेलाबेलामा रुने, खानेकुरा खान्न भन्ने वा झर्को गर्ने गर्छिन् भने मानसिक स्वास्थ्य समस्या भएको हुन सक्छ । त्यस्तो समयमा घरपरिवारले गाली गर्ने होइन उनको समस्यालाई समाधान गर्नुपर्ने हुन्छ । बच्चालाई सम्हाल्न सकिनन् र आफूलाई पनि सम्हाल्न सकिनन् भने महिलालाई तुरुन्तै मनोपरामर्श तथा आवश्यक उपचारको लागि लानुपर्छ ।
सुत्केरी महिला आफैले डिप्रेसन, ब्लुज लगायत मानसिक स्वास्थ्य समस्याबाट जोगिन केही गर्न सक्छन् ?
–गर्भावस्थामा धेरै परिवर्तनहरू आउँछन् । गर्भवती महिलाको रगतको मात्रा बढ्छ । मुटुमा, मिर्गौलामा र कलेजोमा समस्या हुन्छ । अनुहारमा चाया आउँछ, अनुहार परिवर्तन हुन्छ र शारीरिक बनावट नै परिवर्तन हुन्छ । कतिपय महिलालाई श्रीमानले नराम्रो भयौ भन्लान् त्यस्तो परिवर्तन र विभिन्न कुराहरूले महिलालाई विचलित बनाउन सक्छ ।
कतिपय महिलाले गर्भवती भएपछि काम छोडेको हुन सक्छ, कसैको सुगर बढेको हुनसक्छ वा कसैले यात्रा नै गर्न नपाएको हुनसक्छ । यस्ता साना कुराहरूले पनि फरक पार्न सक्छ ।
यसरी बच्न सकिन्छ :
यस्तो अवस्थामा गर्भवती वा सुत्केरी महिला, परिवार र स्वास्थ्यकर्मी पनि अलर्ट हुनुपर्छ ।