• फाल्गुन २९ २०८२, शुक्रबार

कर्तव्य ज्यान मुदाका फरार प्रतिवादी ३१ बर्षपछि पक्राउ

श्रावण १४ २०८२, बुधबार

स्याङ्जा । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी कास्की पोखरा महानगरपालिका–१७ तल्लोबिरौटा टोल बस्ने ४६ वर्षीय बाजिन्द्र सोती मगरलाई प्रहरीले पक्राउ गरेको छ ।

चापाकोट नगरपालिका–२ स्थित विवाह कार्यक्रममा सोही ठाउँ बस्ने हस्ते विकलाई २०५० फागुन महिनामा कुटपिट गर्दा घाइते भई उपचारको क्रममा मृत्यु भएको घटनामा सर्वोच्च अदालतको २०५९ असोज ७ गतेको फैसलाले २ वर्ष कैद सजाय ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरीले कास्कीबाट पक्राउ गरेको हो ।

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत स्याङ्जामा पेश गरिएको छ ।