• फाल्गुन २६ २०८२, मंगलवार

छिट्टै आन्दोलनका कार्यक्रम ल्याउने समाजवादी माेर्चाकाे निर्णय

श्रावण १३ २०८२, मंगलवार

काठमाडौं । समाजवादी मोर्चाको बैठक सम्पन्न भएको छ । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा सम्पन्न भएको बैठकले मोर्चालाई सक्रिय बनाउने र नयाँ कार्यक्रम ल्याउनेबारे छलफल भएको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले  छोटकरी प्रतिक्रिया दिंदै मोर्चाले सशक्त कार्यक्रम ल्याउने बताए । मोर्चाको औचित्य भएन नी  ? भन्ने प्रश्नमा प्रचण्डले भने- ‘अब देख्नुहुन्छ, यो अझ औचित्यपूर्ण भएर सक्रिय भएर आगाडी आउँछ ।’

बैठकमा पहिलो पटक सहभागी भएका बामदेव गौतमले अहिलेसम्म मोर्चाले गरेका कामको समीक्षा भएको र अब आन्दोलनका कार्यक्रम ल्याउने विषयमा छलफल भएको बताए । उनले मोर्चाले सकेसम्म छिटो आन्दोलनका कार्यक्रम ल्याइने बताए ।