• फाल्गुन २६ २०८२, मंगलवार

माओवादी केन्द्रमा अनन्त र जनार्दन बीच घाेंचपेच, प्रचण्डलाई हाइसन्चाे

श्रावण १२ २०८२, सोमबार

काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले  नेकपा माओवादी केन्द्रको बारेमा सामाजिक सञ्जाल र सञ्चार माध्यममा भइरहेको टीका टिप्पणीप्रति आफ्नाे गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

सामाजिक सञ्जालमा लेख्दै शर्माले भनेका छन्- हाम्रो पार्टी बारे सामाजिक सञ्जाल र सञ्चार माध्यममा भइरहेको टीका टिप्पणी प्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ। आफ्नो अनुकूल व्याख्या गर्नु भन्दा समग्र पक्ष अध्ययन गर्न सबैमा आग्रह गर्दछु ।’

उपमहासचिव शर्माले केहि दिन अघि एक कार्यक्रममा नेतृत्वको कडा आलोचना गर्दै अब आफूले नेतृत्व लिन तयार भएको बताएका थिए ।

उनले नेपालमा कम्युनिष्ट पार्टीबाट प्रधानमन्त्री बनेका मनमोहन बाहेक सबै प्रधानमन्त्रीले लुट मच्याएको आरोप लगाएका थिए । शर्माको अभिव्यक्तिपछि माओवादी केन्द्रमा तरंग पैदा भएको छ ।

सामाजिक सञ्जालमा प्रचण्ड निकट नेताहरुले शर्माको कडा आलोचना गरिरहेका छन् भने अर्का उपमहासचिव वर्षमान पुन ‘अनन्त’ ले पार्टी नेतृत्वलाई लाञ्छना लगाउने प्रवृत्ति स्वीकार्य नभएको चेतावनी दिएका छन् ।