काठमाडौँ । काठमाडौ महानगरले सडकमा निर्माण सामग्री राखेर अवरोध गर्नेलाई जरिवाना गरेको छ ।
काठमाडौँ महानगर–३२ स्थित कोटेश्वर महादेवस्थान जाने भित्री बाटोमा निर्माण सामग्री राखी सडक अवरोध गर्ने बिनोद शाहलाई महानगर प्रहरी बलबाट जरिवाना गरेको हो ।
महानगरले सडकमा गिट्टीसहितका निर्माण सामाग्री राखेर अवरोध गरेका शाहलाई १५ हजार जरीवाना गरेको महानगरीय प्रहरी बलले जनाएको छ ।