• फाल्गुन २९ २०८२, शुक्रबार

कुलमान निस्किए अमेरिका र युरोपको यात्रामा, कहाँ कोसित भेट्दैछन् कुलमान ?

श्रावण ९ २०८२, शुक्रबार

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङ अमेरिका र युरोप यात्रामा निस्केका छन् ।
उनको यो यात्रा एक महिनासम्म चल्नेछ । घिसिङ जुलाइ २५ देखि अगष्ट २६ सम्म वैदेशिक भ्रमणमा रहनेछन् ।
जुलाइ २५ देखि अगष्ट १० सम्म उनी अमेरिकामा रहनेछन् भने अगष्ट ११ देखि २५ सम्म युरोपका विभिन्न देशमा रहनेछन् ।

अमेरिकामा रहँदा घिसिङ, न्यूयोर्क, बोस्टन, टेक्सास, वासिङटनका विभिन्न कार्यक्रममा सहभागी रहनेछन् ।
त्यसपछि बेलायतको लण्डन, स्कटल्याण्ड, बेल्जियम, पोर्चुगलमा पनि पुग्नेछन् । उनी अगष्ट २६ मा स्वदेश फर्कने कार्यक्रम छ ।
उनले एक महिने यो यात्रामा विभिन्न कार्यक्रम, अन्तक्र्रिया, नेपाली डायस्पोराका दाजुभाइ तथा दिदीबहिनीहरूसँग प्रत्यक्ष भेटघाट र अनुभव साटासाट गर्ने बताएका छन् ।

यसअघि घिसिङ बहराइन, युएई, ओमान, कतारलगायत देश पुगेर त्यहाँ रहेका नेपालीहरूसँग अन्तक्र्रिया गरेर फर्केका थिए । घिसिङको वैदेशिक भ्रमण र त्यहाँ रहेका नेपालीहरूसँगको अन्तक्र्रियाले उनी राजनीतिमा आउन खोजिरहेको संकेत दिएको उनीनिकटहरू बताउँछन् ।