• फाल्गुन २९ २०८२, शुक्रबार

भक्तपुरको सिन्टीटारमा दिदीबहिनी एउटै डोरीमा झुन्डिएरको अवस्थामा मृत फेला

श्रावण ८ २०८२, बिहीबार

भक्तपुर । भक्तपुरको सिन्टीटारमा दुई किशोरी मृत अवस्थामा फेला परेका छन् ।

मध्यपुर थिमि नगरपालिका–९ स्थित सिन्टीटारमा घरको भुइँ तलामा डेरा गरी बस्दै आएका सुर्खेत पञ्चपुरी नगरपालिका–८ की १७ वर्षीया मेनुका कँडेल र १५ वर्षीया सिर्जना कँडेल मृत्य अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । उनीहरु दिदीबहिनी भएको बताइएको छ ।

उनीहरू सोही घरको प्यासेजमा एउटै डोरीमा झुन्डिएरको अवस्थामा फेला परेका छन् । उनीहरु दुई साताअघिमात्र डेरामा बस्न आएको घरधनीले जानकारी दिएका छन् । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको र भारतको मुम्बईमा रहेका अभिभावकलाई खबर गरेको जनाएको छ ।