• फाल्गुन २९ २०८२, शुक्रबार

करेन्ट लागेर रौतहटमा दुई किसानको मृत्यु

श्रावण ७ २०८२, बुधबार

रौतहट । रौतहटमा छुट्टाछुट्टै स्थानमा करेन्ट लागेर दुई जना किसानको ज्यान गएको छ । सिँचाइका लागि आफ्नै खेतमा विद्युतीय मोटरबाट पानी हाल्ने क्रममा करेन्ट लागेर दुई जना किसानको ज्यान गएको हो ।

रौतहटको माधवनारायण नगरपालिका ४ बिशुनपुर्ब मानपुरका ४० वर्षीय रामबाबु मुखिया र कटहरिया नगरपालिका–२ जमुनियाका ४२ वर्षीय मोक्तार देवानको करेन्ट लागेर ज्यान गएको प्रहरीले जनाएको छ ।

आफ्नै धान खेतमा सिँचाइका लागि मोटरबाट पानी हाल्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका मुखियाको प्रादेशिक अस्पताल गौरमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख राजन कार्कीले बताए ।

त्यस्तै कटहरिया जमुनियाका देवानको धान खेतमा सिँचाइका लागि मोटरबाट पानी हाल्ने क्रममा करेन्ट लागेर देवान गम्भीर घाइते भएका थिए । उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।